अब अन्तर बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क लाग्ने

Banks
  • बैंकिङ संसार
काठमाडौं । अब एउटा बैंकको एटीमएम कार्ड अर्को बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क तिर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिको समीक्षा गर्दै अबदेखि अन्तर बैंक एटीमएम प्रयोग गर्दा शुल्क लाग्ने व्यवस्था गरेको जनाएको छ ।

राष्ट्र बैंकले यसअघि कोरोना भाइरसको असर रहेसम्म जुनसुकै बैंकको एटीमएमबाट पैसा निकाले पनि शुल्क नलिन बैंकहरुलाई निर्देशन दिएको थियो । उक्त निर्देशन खारेज गर्दै बैंकहरुलाई अन्तर बैंक कारोबारमा शुल्क लिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस्