बैंक अफ काठमाण्डूद्धारा ५ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले बीमा दाबी रकम भुक्तानी दिएको छ । बैंकले आफ्ना ग्राहकलाई प्राणघातक रोगको उपचारका लागि ५ लाख रुपैयाँ बराबरको बीमा दाबी रकम भुक्तानी दिएको हो । बैंकले बिओके सफलता मुद्दती खातामा उच्चतम व्याजदरका साथ ११ लाख रुपैयाँसम्मको बीमा सुविधा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा उपलब्ध गराउदै आईरहेको छ ।

बीमा सुविधा अन्तर्गत दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्त्तताको लागि ५ लाख रुपैयाँ, १८ प्राणघातक रोगहरुको लागि ५ लाख रुपैयाँ र औषधी उपचारको लागि १लाख रुपैयाँको बीमा सुविधा रहेको छ । यसै सुविधा अन्तर्ग रुद्र प्रसाद वस्तीलाई बैंकले अक्षेरुपी ५ लाख रुपैयाँ मात्र बीमा दाबी रकम भुक्तानी हस्तान्तरण गरेको छ ।

केही समययता प्राणघातक रोगको कारणले उनको स्वास्थ्य प्रतिकुल भएको अवस्थामा वस्तीले बैंकबाट उपलब्ध भएको बिमा दाबी रकम भुक्तानी प्राप्त गरी उक्त पैसा आफ्नो स्वास्थ्य उपचारमा प्रयोग गरेका थए । हाल सफल उपचार पश्चात् स्वास्थ्य लाभ गरी सामान्य जिवनयापन गरिरहेका छन् । वस्तीले यस बैंकको नारायणघाट शाखा कार्यालयबाट बैंकिङ कारोबार गर्दै आईरहेका छन् । 

बैंकको बाग्मती प्रदेश अन्तर्गत नारायणघाट प्रादेशिक कार्यालयका प्रमुख दिपक लम्सालले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक रुद्र प्रसाद वस्तीलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणघाट शाखाका प्रबन्धक माधव रेग्मीको पनि उपस्थीती रहेको थियो । बैंकले हाल ९१ शाखा, ८० एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्