छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई २९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । मंसिर १७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीहरुले लाभांश पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्