एभरेष्ट बैंकले गर्यो जोन्टा क्लब काठमाडौंलाई आर्थिक सहयोग, जि.के नेगीद्धारा चेक हस्तान्तरण

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले जोन्टा क्लब काठमाडौंलाई आर्थिक सहयोग गरेको छ । बैंकले जोन्टा क्लब काठमाडौंलाई २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । बैंकको मुख्य कार्यालय लाजिम्पाटमा एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के नेगीले जोन्टा क्लब काठमाडौंकी अध्यक्ष सीमा गोल्छालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक क्लब तथा संस्थाहरुलाई कोरोना महामारीको समयमा विभिन्न किसिमका सहयोग गर्दै आइरहेको छ । यस्तै आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको निरन्तरता स्वरूप ठेलागाडा तरकारी तथा फलफुल व्यापारीका परिवारलाई सहयोग गर्ने उद्देश्यले सो बराबरको चेक जोन्टा क्लबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

सो कार्यक्रममा एभरेष्ट बैंकका डिजिएम डा. सुधीरकुमार तथा जोन्टा क्लबकी अध्यक्ष-निर्वाचित आभा शाह, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो । बैंकले देशभरी ९८ शाखा, १३० एटिएम र ३१ राजस्व संकलन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । साथै ११ लाखभन्दा बढी ग्राहकहरु संख्या रहेका छन् ।

प्रतिकृया दिनुहोस्