एभरेष्ट बैंकद्धारा पशुपतिनाथमा वातावरण मैत्री शवदाह गृह स्थापना

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंकले पशुपतिनाथ मन्दिरमा वातावरण मैत्री शवदाह गृह स्थापना गरेको छ । यस शवदाह गृहबाट उत्पन्न भएको धुँवा, भिजेको स्क्रबर हुँदै निस्कनेछ जस्ले वातावरणमा पुग्नु अघी सबै घातक वायु प्रदूषक र विषाक्त पदार्थ हटायी प्रदूषण नियन्त्रण गर्न मद्दत गर्नेछ ।

सो शवदाह गृह माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईको प्रमुख आतिथ्यमा, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जि.के नेगीद्वारा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई अन्य प्रमुख अतिथीहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए । एभरेष्ट बैंकले सधैं आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जनताको हितका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आइरहेको छ ।

बैंकले हाल ९८ शाखा संजाल, प्रादेशिक कार्यालय, १ सय २८ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यस्तै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३० वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्