गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश दिने

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई १४.२१ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको पुस १० गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७१०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

हाल विकास बैंकको चुक्ता पुँजी ३ अर्वर्ब २३ करोड रुपैयाँ रहेको छ भने १३.५ प्रतिशत बोनस पछि कम्पनीको सेयर मूल्य ३ अर्व ६७ करोड रुपैयाँ नाघ्नेछ ।उक्त प्रस्तावित १४.२१ प्रतिशत लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । विकास बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्