ग्लोबल आइएमई बैंकको २३२औं नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले ईलाम जिल्लाको माईजोगमाई गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकको उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या २३२ पुगेको छ ।

शाखारहित बैंकिङ सेवाबाट सेवाग्राहीले निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा निकाल्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने जस्ता सेवा लिन सक्ने भएका छन् । साथै कर्जाको व्याज भुक्तानी गर्ने, डिशहोम, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा पनि लिन सक्ने भएका छन् ।

कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा-टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि बैंकले उक्त शाखारहित बैंकिङ सेवा संचालन गरेको बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्