ज्योति विकास बैंकले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को लाभांश दिने

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो ।

पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३ सय ४४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।

प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १२.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । 

प्रतिकृया दिनुहोस्