कामना सेवा विकास बैंकका सेयरधनीहरुले गत आर्थिक वर्षको लाभांश पाउने

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकका ग्राहकहरुले गत आर्थिक वर्षको लाभांश पाउने भएका छन् । बैंकका सेयरधनीहरुले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट ४.६३ प्रतिशत लाभांश पाउने भएका हुन् ।

कम्पनीको गत पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२३ प्रतिशत नगद गरी ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्षको लाभांश कम हो । बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ६.८ प्रतिशत नगद लाभांश मात्रै वितरण गरेको थियो ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल बैंकको चुक्ता पुँजी २ अर्व ५४ करोड रुपैयाँ रहेको छ । ४.४० प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी २ अर्व ६५ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिकृया दिनुहोस्