कामना सेवा विकास बैंकद्धारा गायक सुरेश गन्धर्बलाई आर्थिक सहयोग

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजार रुपैयाा बराबरको आर्थिक सहयोग गरेको हो । 

६५ वर्ष अघि भोजपुरको जरायोटारमा जन्मिएका गन्धर्ब सानै उमेर देखि नै सारङ्गी बजाउदै आफ्नो सुरिलो स्वरले गाउदै धेरै श्रोताको मन जित्न सफल भएका थिए । २०४९ सालमा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिंकीबुङको राँगोलाई बोलको गीत रेर्कड भएको थियो । ‘रिंकीबुङको राँगोलाई चुङकेबुङको चुलेसीले’ गीतका चर्चीत गायक सुरेश गन्धर्ब पछिल्लो केही समययता मुटुरोग, युरिक एसिड (वाथ), सुगर (मधुमेह), प्रेसर, थाइराइड जस्ता रोगहरूबाट पिडित छन् ।

यसै क्रममा उनलाई उपचारको लागि सहयोग स्वरुप कामना सेवा विकास बैंकका प्रदेश नं १ का प्रदेश प्रमुख सुजन छाराहाङले गन्धर्बको धरान-८ स्थित डेरामा नै पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । उक्त सहयोग बैंक र बैंकका कर्मचारीको एक दिनको पारिश्रमिक कट्टा गरि संकलन गरि प्रदान गरिएको पनि छाराहाङले जानकारी दिएका छन् ।

काठमाडौं ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १ सय २४ वटा शाखा र ६६ वटा एटिएममार्फत आफ्ना ग्राहकहरुलाई बैंकि¸ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तै बैंकले ABS, SMS Banking, Mobile Banking, C-ASBA, Online Account Opening, Internet Banking, Social Media Banking लगायतका माध्यमबाट पनि सेवा तथा सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्