लक्ष्मी बैंकले आफ्ना सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आफ्ना सेयरधनीहरुलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । बैंकको मंसिर २९ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बैंकका सेयरधनीहरूलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र बैंकका सेयरधनीहरुले पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्