मितेरी डेभलपमेन्ट बैंकले बोलायो वार्षिक साधारणसभामा, यस्ता छन् मुख्य एजेण्डा

Miteri Development Bank
  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस २७ गते आफ्नो वार्षिक साधारणसभा बोलाएको हो । बैंकले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन आफ्नो १५औं वार्षिक साधारणसभा बोलाएको हो ।

उक्त सभाले सेयरधनीलाई १५.७९ प्रतिशत लाभांश प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद गरी सो मात्राको लाभांश प्रस्ताव गरेको थियो । सभामा जाने प्रयोजनको लागि कम्पनीले आगामी पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्