मितेरी डेभलपमेन्ट बैंकद्धारा १५.७९ प्रतिशत लाभांश घोषणा

Miteri Development Bank
  • बैंकिङ संसार
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्ताहरुलाई लाभांश दिने भएको छ । बैंकको मंसिर १९ गते शुक्रबार बसेको संचालक समितिको बैठकले लाभांश दिने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष ७६/७७ को नाफाबाट १५ दशमलव ७९ लाभांश दिने भएको हो । 

बैंकले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतको दरले हुन आउने १० करोड ४० लाख ५ हजार ६ सय ८७ रुपैयाँ ५० पैसा बोनस सेयर र कर प्रयोजनको लागि समेत गरी ० दशमलव ७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९ सय ८३ रुपैयाँ ५६ पैसा नगद वितरण गर्ने भएको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेरधनीहरुले पाउनेछन् ।

प्रतिकृया दिनुहोस्