नेपाल स्टक एक्स्चेन्जमा मुक्तिनाथ विकास बैंकको बोनसपछिको सेयर मूल्य समायोजन

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । बैंकको पुस १२ गते सोमबार बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । कम्पनीको ११.२५ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।

समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३४१ रुपैयाँ रहेको छ । जुन यसअघि प्रतिकित्ता ३७९ रुपैयाँ रहेको थियो । यससँगै अबको बजारमा बैंकको पहिलो कारोबार प्रतिकित्ता ३४१ रुपैयाँदेखि सुरु हुने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.५१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ११.२५ प्रतिशत बोनस र ४.२६ प्रतिशत नगद (बोनस र नगद लाभांशको कर सहित) गरी १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

प्रतिकृया दिनुहोस्