नेपाल बङ्गलादेश बैंकको सामुदायिक विकास समितिलाई आर्थिक सहयोग, सलोनिका सिंहद्धारा रकम हस्तान्तरण

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले सामुदायिक विकास समितिलाई आर्थिक सहयोग गरेको छ । बैंकले सुविधानगरस्थित सामुदायिक विकास समितिलाई ३ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । 

हस्तान्तरण गरिएको उक्त रकम सो समितिले निर्माण गरेको एक सामुदायिक पुस्तकालयका लागि आवश्यक पुस्तक खरीद तथा सोहि पुस्तकालयको व्यवस्थापनका लागि उपयोग गर्ने भएको छ । बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह र प्रमुख सञ्चालन अधिकृत सुरेश देवकोटाले सामुदायिक विकास समितिका सचिव हर्क बहादुर भट्टराईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिकृया दिनुहोस्