नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नेपाल धितोपत्र बोर्डबाट पायो आईपीओ जारी गर्न स्वीकृति

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले प्राथमिक सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ ।बैंकले बोर्डबाट हालसम्मकै ठूलो आईपीओ निष्कासन गर्न पुस १० गते स्वीकृति पाएको हो । बैंकले सर्वसाधारणहरुको लागि कूल ८ अर्व रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । 

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँको दरले ८ करोड कित्ता सेयर निष्कासन गर्ने भएको छ । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । कम्पनीले जारी पुँजी अन्तर्गत सर्वसाधारण समूहको लागि छुट्याइएको ४० प्रतिशतले हुने ८ अर्व रुपैयाँको ८ करोड कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

प्रतिकृया दिनुहोस्