नेपाल राष्ट्र बैंकले बुधबारदेखि बोलकबोलबाट ५० अर्व निक्षेप संकलन गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने भएको छ । बैंकले ५० अर्व रुपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट संकलन गर्ने भएको हो । बुधबारदेखि केन्द्रीय बैंकले उक्त परिमाणको निक्षेप बोलबकोल प्रक्रियाका माध्यमबाट संकलन गर्न लागेको हो । 

बैंकले मंसिर १७ गते सार्वजनिक गरेको सूचनाअनुसार व्याजदरसमेत बोलकबोलको माध्यमबाट नै निर्धारण गर्ने भएको छ । घटीमा ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कूल आह्वान रकमसम्म बोलकबोलमा भाग लिन सकिने भएको छ । केन्द्रीय बैंकले उक्त बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रुपमा प्रयोग गर्न सकिने गरी धितोसम्बन्धी व्यवस्था गरिएको छ ।

बैंकको सूचनामा बोलकबोल बहु व्याजदरमा पनि गर्न सकिने उल्लेख गरेको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा केन्द्रीय बैंकबाट इजाजत प्राप्त गरेका क, ख र ग वर्गमा बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र व्याजदर उल्लेख गर्नुपर्ने छ । यस्तै समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कूल निष्कासित रकमभन्दा बढी भएका प्रो रेट बेसिसमा बाँडफाँड गरिने भएको छ ।

निक्षेप संकलन उपकरणको भुक्तानी मितिका दिन निर्धारित व्याजदरसहित सङ्कलन निक्षेप रकम सम्बन्धित बैंकले केन्द्रीय बैंकको खातमा जम्मा गर्नुपर्नेछ । केन्द्रीय बैंकले २८ दिनका लागि निक्षेप संकलनको उपकरणको बोलकबोल तथा निष्कासन गर्न लागेको हो । बैंकले सावा तथा व्याज भुक्तानी आगामी पुस १५ गते गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्