नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो स्वामित्वमा रहेको प्राइम बैंकको सेयर बिक्रि गर्ने

Nerude Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्राइम कमर्शियल बैंक लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्ने भएको हो । कम्पनीले बैंकको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बढाबढ गरी बिक्री गर्ने भएको छ ।

उक्त सेयरको न्युनतम मुल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम १ सय कित्ताको लागि आवेदन दिन सक्ने भएका छन् । अधिकतममा भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ । उक्त सेयरमा सेयरधनीहरुले मंसिर २५ गते बिहीबारदेखि पौष २ गते बिहीबारसम्म आवेदन दिन सक्ने भएका छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्