प्रभु बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त

Prabhu Bank
  • बैंकिङ संसार
काठमाडौं । प्रभु बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स नियुक्त भएको छ । बैंकले ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ निष्कासन गर्नको लागि बिक्री प्रबन्धकमा उक्त क्यापिटललाई नियुक्त गर्ने सम्झौता गरेको हो ।

प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र मेगा क्यापिटल मार्केट्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदय कान्त झाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । बैंकले १ हजार अंकित दरको १० वर्षको भुक्तानी अवधिका लागि ४ अर्व रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

बैंकले वार्षिक ८.५ प्रतिशतका दरले प्रत्येक तीन/तीन महिनामा व्याज भुक्तानी हुने गरी सो मात्राको ऋणपत्र निष्कासन गर्न लागेको हो । जसमध्ये २ अर्व४० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तबरबाट र १ अर्व ६० करोड बराबरको ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त भए पश्चात् बैंकले ‘प्रभु बैंक डिबेञ्चर-२०८७’ निष्कासन गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्