प्राइम कमर्सियल बैंक लिमिटेडको १३औं वार्षिक साधारसभा पुस २९ गते

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको वार्षिक साधारसभा हुने भएको छ । बैंकको १३औं वार्षिक साधारसभा पुस २९ गते बुधबार हुने भएको हो । बैंक सञ्चालक समितिको मंगलबार बसेको बैठकले बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा विहान १० बजे सभा आयोजना गर्ने निर्णय गरेको हो । 

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्तापूँजीको १५ प्रतिशत बोनश सयर पारित गर्ने भएको छ । यस्तै सोही बमोजिम बैंकको प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ ।

बैकले उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति गर्नका लागि आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव सभाबाट पारित हुने भएको छ । साधारण सभा प्रयोजनका लागि पुस २० गते बुुक क्लोज गरिने हुदाँ पुस १९ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश लिन पाउने भएको छ ।

प्रतिकृया दिनुहोस्