प्राइम कमर्शियल बैंकले ८६ हजार ९ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला

Prime Bank
  • बैंकिङ संसार
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको छ । बैंकले आफ्नो स्वामित्वमा रहेको नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । 

बैंकले लघुवित्तको ८६ हजार ९ सय कित्ता संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले मंसिर २५ गते बिहीबारबाट पौष २ गते बिहीबारसम्म मात्र बोलपत्र पेश गर्न पाउने भएका छन् ।

लगानीकर्ताले न्युनतम १ सय कित्ताको लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा कुनै हद तोकिएको छैन । कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्