आरएमडीसी लघुवित्त वित्तीय संस्थाको २० प्रतिशत प्रस्तावित लाभांश पारित

RMDC Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको २० प्रतिशत प्रस्तावित लाभांश पारित भएको हो । 

कम्पनीको मंसिर २२ गते सोमबार सम्पन्न २२औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । संस्थाको सभा मंसिर २२ गते सोमबार भर्च्युअल माध्यमबाट सम्पन्न भएको हो ।

उक्त सभाले संचालक समितिका अध्यक्ष सुजाता जोशीले प्रस्तुत गरेको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७६/७७ को वासलात, नाफा नोक्सान तथा नगद प्रवाह विवरण स्वीकृत गरेको छ । प्रस्तुत विवरण अनुसार संस्थाले आर्थिक वर्ष २०७६/७७ मा संचालन नाफा ४५ करोड २१ लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रतिकृया दिनुहोस्