सानिमा बैंकद्वारा दीर्घायु बचत योजना अन्तर्गत बैंकका बचतकर्तालाई बीमा दाबी भुक्तानी

Sanima Bank
  • बैंकिङ संसार
काठमाडौं । सानिमा बैंकले दीर्घायु बचत योजना अन्तर्गत औषधी उपचार बीमा दाबी रकम भुक्तानी गरेको छ । बैंकको न्यूरोड शाखामा दीर्घायु बचत खाता खोलेका काठमाडौं निवासी यादव श्रेष्ठले ४७ हजार २३० हजारको औषधी उपचार बीमा भुक्तानी पाएका हुन् ।

सानिमा बैंकको प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईले सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै उक्त चेक यादव श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । दीर्घायु बचत योजनामा ग्राहकहरुले वार्षिक ५ हजारको निःशुल्क स्वास्थ्य परीक्षण सुविधा ५ हजार रुपैयाासम्मको ओ.पि.डि. भुक्तानी शुल्क सहित ५० हजार सम्मको औषधी उपचार बीमा, १० लाखको दुर्घटना बीमा र ३ लाखको ६ घातक रोगहरुको बीमा सुविधा पाउन सक्नेछन् ।

श्रेष्ठलाई सिद्धार्थ इन्स्योरेन्सको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको हो । सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १६ विस्तारित काउन्टर र ८१ वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्