सिद्धार्थ बैंक लिमिटेडद्धारा विराटनगरस्थित नागरिक केयर सेन्टरलाई आर्थिक सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ । बैंकले विराटनगरस्थित नागरिक केयर सेन्टरलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । उक्त रकम बैंकका प्रदेश प्रमुख कमल बस्नेतले नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार शारदालाई पुस २ गते बिहीबार हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हस्तान्तरण गरिएको उक्त रकम नागरिक केयर सेन्टरले प्रदेश नं. १ मा कोभिड-१९ संक्रमितहरुका उपचारका लागि आवश्यक सेवा सुविधायुक्त १०० शैयाको अस्पताल बनाउनका लागि उपयोग गर्ने भएको छ । संक्रमितहरुलाई उपचारसम्मको पहुँचमा सहजीकरण गर्ने उद्देश्यले गठन गरिएको संस्था, नागरिक केयर सेन्टरलाई बैंकले पुर्याएको यस सहयोगबाट संक्रमितहरुको उपचारमा केही हदसम्म भए पनि सहजता पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न साामाजिक कार्यहरु गर्दै आइरहेको छ । र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिँदै जाने उद्देश्य रहेको बैंकको जनाएको छ ।

प्रतिकृया दिनुहोस्