सिद्धार्थ बैंकद्वारा श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई आर्थिक सहयोग

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई आर्थिक सहयोग गरेको छ । बैंकले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नं.९-गोठाटार स्थित श्री कृष्ण प्रणामी सेवा समिति नेपाललाई सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

२०७२ सालमा गएको विनाशकारी भुकम्पको कारणले क्षति पुगेको र जोखिममा रहेको श्री कृष्ण प्रणामी भवनको पुन संरचना कार्य गर्नका लागि भन्दै बैंकले शुक्रबार आर्थिक सहयोग गरेको हो । वनमा समितिद्वारा वृद्धआश्रम सञ्चालन गर्दै आएको र निर्माण पश्चात सो भवन समितिले असाहाय वृद्धवृद्धाहरुको आवासका लागि उपयोग गर्ने भएको छ ।

समाज कल्याणको कार्य गर्दै आइरहेका उक्त संघलाई बैंकले पुर्याएको उक्त सहयोगबाट आश्रय प्रदान हुने र वृद्ध नागरिक कल्याणमा केहि हदसम्म भए पनि उत्थान पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले शिक्षा, स्वास्थय, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य बैंकको रहेको छ ।

प्रतिकृया दिनुहोस्