तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाटआफ्ना सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।

बैठकले चुक्ता पुँजीको ६ प्रतिशतले हुने १० करोड ८७ लाख ८६ हजार ६ सय ३२ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त बोनस सेयर पाउने भएका छन् ।

उक्त प्रस्तावित बोनस सेयर अघिल्लो आर्थिक वर्षको तुलनामा ६ प्रतिशतले घटी हो । विकास बैंकले आघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस्