विजय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने

Vijaya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत लाभांश आफ्ना सेयरधनीहरुलाइ वितरण गर्ने भएको हो ।

लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट पनि सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर सहित) गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल लघुवित्तको चुक्ता पुँजी २२ करोड ४० लाख रुपैयाँ रहेको छ । १९ प्रतिशत बोनसपछि लघुवित्तको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ नाघ्ने छ ।

प्रतिकृया दिनुहोस्