बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती डिजिटल वालेटमा खाता लिंक गर्दा बोनस पाउने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले बोनस पाउने भएका छन् । बैंकका ग्राहकहरुले ‘खल्ती’ डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा सिधै बैंकबाट भुक्तानी सुविधाको साथमा १ सय रूपैयाँ बोनस पाउने भएका हुन् । लिंक १ मिनेट भन्दा कम समयमा गर्न सकिनेछ । ग्राहकले बैंकको खातालाई एउटा मोबाइल नम्बरबाट पहिलो पटक लिंक गर्नसाथ तुरून्तै सय रूपैयाँ नगद खातामा प्राप्त गर्ने सक्ने भएका छन् ।

यसरी खातामा लिंक गर्दा एक पटक मात्र बोनस सुविधा पाइने भएको छ । बैंकमा खाता लिंक गर्न ग्राहकले मोबाइल बैंकिङ सुविधा भने लिएको हुनु पर्नेछ । बैंक अफ काठमाण्डूमा रहेको खाता जोडेपछि खल्ती वालेटमार्फत वस्तु तथा सेवा खरिद गर्दा सिधै बैंक खाताबाट नगद भुक्तानी गर्न सकिन्छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमा नगद लोड गर्ने झन्झट गरिरहनु पर्दैन ।

प्रतिकृया दिनुहोस्