सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा काठमाडौं र इलाममा, बैंकिङ सेवा पुर्याउने उद्देश्य

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले थप शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले काठमाडौं र इलाममा गरी थप २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो ।

बैंकले काठमाडौं चोभारमा र इलामको चिसोपानी पञ्चमीबजारमा यहि पुस १५ गतेबाट १०५ र १०६औं शाखारहित बैंकिङ सेवाको स्थापना गरेको हो । बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ सेवा विस्तार गरेको हो ।

उक्त स्थानहरुमा सेवा संचालनका लागि क्रमश स्थानीय व्यवसायी सुरेन्द्र केसी र राममाया सम्बाम्फेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ । यस शाखा रहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

प्रतिकृया दिनुहोस्