ग्लोबल आइएमई बैंकको पठायो आफ्ना सेयरधनीको बैंक खातामा नगद लाभांश

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाएको छ । बैंकको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको २ प्रतिशत नगद लाभांश सेयरधनीले हितग्राही खातामा बैंकले पठाएको हो । 

पुस १४ गतेसम्ममा आफ्नो हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गर्दा खाताको विवरण नमिलेर नगद लाभांश प्राप्त नगरेका सेयरधनीहरुले सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापीटलको वेवसाइटमा राखिएको आ-आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउँन बैंकले आग्रह गरेको छ ।

गत पुस १४ गतेसम्म कायम सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका सेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ । हितग्राही खाता अद्यावधिक नगराएका सेयरधनीहरुलाई आफ्नो खाता यथाशिघ्र अध्यावधिक गराउन पनि बैंकले आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस्