गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको १९औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Guheshwori Finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको प्रस्तावित ११.४० प्रतिशत पुस २८ गते सम्पन्न १९औं वार्षिक साधारणसभाले पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको ३.४० प्रतिशत नगद र ८ प्रतिशत बोनस सेयर पाउने भएका छन् ।

बोनस सेयर वितरण गरे पश्चात यस संस्थाको चुक्ता पुँजी ८६ करोड ४० लाख रुपैयाँ हुने भएको छ । साथै हालसम्म निक्षेप ६ अर्व १३ करोड रुपैयाँ रहेको छ भने कर्जा ४ अर्व ४५ करोड रुपैयाँ रहेको छ । संस्थाको १९औं वार्षिक साधारण सभा ललितपुरको हरिहर भवनस्थित गुहेश्वरी भवनमा सम्पन्न भएको हो । यस संस्थाको प्रधान कार्यालय सहित जम्मा २१ वटा शाखा कार्यालयहरु तथा २ वटा एक्सटेन्सन काउण्टर रहेको छ ।

प्रतिकृया दिनुहोस्