हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता, गाडी किन्न सहुलियतपुर्ण सवारी कर्जा प्रदान गरिने

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता भएको छ । बैंक र सिप्रदी ट्रेडिङ्गबीच सहुलियतपुर्ण सवारी कर्जा सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौता भने पुस २७ गते मंगलबार भएको हो ।

हिमालयन बैंकका तर्फबाट मुख्य व्यवस्थापक जयन्द्र विक्रम शाह र सिप्रदी ट्रेडिङ्गका तर्फबाट महाप्रबन्धक अनुप मणि ढकालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार सिप्रडी ट्रेडिङ्गका ग्राहकहरुले सो कम्पनीबाट सवारी साधन खरिद गर्दा हिमालयन बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सहुलियत दरमा सवारी साधन कर्जा प्रदान गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस्