हिमालयन बैंक र ईष्टर्न एजेन्सी प्रा.लि.बीच सम्झौता, फाइनान्सिङ सुविधा उपलब्ध गराउने उद्देश्य

Himalayan Bank
  • बैंकिङ संसार
काठमाडौं । हिमालयन बैंक र बतास अर्गनाईजेशन अन्तर्गत रहेको ईष्टर्न एजेन्सी प्रा.लि. बीच सम्झौता भएको छ । आयसर ब्राण्डका विभिन्न मोडलका बस, ट्रक र टिप्परहरु खरिद गर्ने ग्राहकहरुलाई सर्वसुलभ ब्याजदरमा फाइनान्स सुविधा उपलब्ध गराउन दुई कम्पनीबीच सम्झौता भएको हो । हिमालयन बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जयेन्द्र विक्रम शाह र ईस्टर्न एजेन्सीको तर्फबाट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सुनिल थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

ईन्टर्न एजेन्सी प्रा.लि.आयसर ब्राण्डका विभिन्न सवारी साधनहरु बिक्री गर्ने नेपालको आधिकारीक बिक्रेता हो । आयसर ब्राण्डका सवारी साधन खरिद गरी स्वरोजगार बन्न चाहने व्यक्तिहरुलाई लक्षित गरी उक्त सम्झौता भएको हो । यस्तैगरी ग्राहकले सर्वसुलभ ब्याजदरमा अधिकतम ५ वर्षसम्मका लागि मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी बैंकका नेपाल अधिराज्य भरी रहेका शाखाहरुबाट यो सुविधा प्राप्त गर्ने बतास अर्गनाईजेशनका प्रबन्ध सन्चालक शान्त राज बतासले जानकारी दिएका छन् ।

साथै आयसर ब्राण्डका सवारी साधन खरिद गर्न नेपालको पुर्वमा विर्तामोडदेखि पश्चिममा धनगढीसम्म २० भन्दा बढि शाखा तथा आधिकारी बिक्रेताहरु रहेका छन् । ग्राहकहरुले ईस्टर्न एजेन्सीको जुनसुकै शाखाहरुबाट सवारी साधन खरिद गर्दा पनि यो सुविधा प्राप्त गर्न सक्ने भएका छन् । हाल नेपालमा आयसर ब्राण्डका करिव २० हजार सवारी साधनहरु गुडीरहेका छन् भने सवारी साधनमा लाग्ने पार्टसहरुका लागि २ सय भन्दा बढी पार्टसका बिक्रेताहरु रहेका छन् ।

प्रतिकृया दिनुहोस्