मुक्तिनाथ विकास बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्ष २०७७/०७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । यस अवधिसम्ममा बैंकको अधिकांश सूचकमा सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको नाफा ३०.२८ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

पुस मसान्तसम्ममा ४ अर्व ८१ करोडा रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ९३ लाख ३० हजार रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको जगेडा कोष १४.३९ प्रतिशतले बढेको छ । यस अवधिसम्ममा बैंकको वितरण योग्य नाफा ५२ करोड ५५ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद व्याज आम्दानी ५.८० प्रतिशत बढेर १ अर्व १६ करोड २४ लाख रुपैयाँ पुगेको छ । सञ्चालन नाफा २८.१९ प्रतिशत बढेर ८६ करोड ५२ लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा बैंकको निक्षेप ३०.६४ प्रतिशतले बढेर ७४ अर्व ८७ करोड २२ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी २२.२७ प्रतिशतले बढेर ५८ अर्व २७ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अवधिसम्ममा प्रति सेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा रहेको बैंकको गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको थियो । यस अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १४.७३ गुणा रहेको छ भने प्रति सेयर नेटवर्थ १३० रुपैयाँ ४६ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्