नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक संचालक समितिमा सर्वसम्मत, न्यौपाने फेरि अध्यक्ष बन्ने

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्सियल (एनसीसी) बैंक संचालक समितिमा सर्वसम्मत भएको छ । माघ ९ गते हुने बैंकको २३औं वार्षिक साधारणसभामा संचालक समिति सर्वसम्मत हुन लागेको हो । एनसीसी बैंक संचालक समितिमा उपेन्द्र केशरी न्यौपाने, मोहन बहादुर बस्नेत, चन्द्र वास्तोला, निशेष प्रधान, कुमारसिंह लामा सुमन जोशी सर्वसम्मत भएका छन् ।

न्यौपाने यसअघि बैंक संचालक समिति अध्यक्ष थिए । उनी पुनः अध्यक्ष बन्ने गरी संचालक बनेका स्रोतले जानकारी दिएको छ । संचालक बनेका बस्नेत नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री हुन् । बस्नेत एनबी समुहबाट संचालक बनेका हुन् । बैंक संचालक समितिमा जान चाहे पनि सर्वसम्मत संचालक समिति बनाउने पहल भएपछि शम्भु अधिकारी बाहिरिएका हुन् ।

प्रतिकृया दिनुहोस्