नेपाल बैंकको नयाँ एक्स्टेन्सन काउण्टर दोलखाको जिल्ला प्रशासन कार्यालय परिसरमा

- बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले नयाँ एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ । बैंकले दोलखाको जिल्लाप्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको हो । बैंकले माघ ७ गतेबाट आफ्नो ३९औं एक्स्टेन्सन काउण्टर दोलखा चरिकोटस्थित जिल्ला प्रशासन कार्यालयको परिसरमा संचालन ल्याएको हो । उक्त एक्स्टेन्सन काउण्टरको उद्घाटन दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी रमेशप्रसाद शिवाकोटीले गरेका हुन् ।
सो अवसरमा उनले बैंकको यस एक्स्टेन्सन काउण्टरबाट राहदानी लिन जिल्ला प्रशासान कार्यालयमा आउने, मालपोत एवं नापी कार्यालय, भीमेश्वर नगरपालिका कार्यालय लगायतमा आउने सेवाग्राहीले अझ छिटो छरितो सेवा पाउने विश्वास व्यक्त गर्दै बैंकले प्रदान गर्दै आईरहेका सेवा सुविधामा अझै समसामयिक सुधार गर्न सुझाव समेत दिएका छन् ।
उक्त अवसरमा बैंकको चरिकोट शाखाका शाखा प्रबन्धक सुरेन्द्र श्रेष्ठले जनताको सेवाको लागी यो एक्स्टेन्सन काउण्टरको सुरुवात गरेको र आधुनिक प्रविधि समेतको प्रयोग गर्दै सेवाग्राहीलाई छिटो छरितो सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सुरुमा राजश्व संकलनको मात्रै काम हुने भएतापनि विस्तारै सबै सेवा विस्तार गर्दै लगिने जानकारी समेत दिए । बैकले देशभर रहेका २ सय ४ शाखा, ३९ वटा एक्स्टेन्सन काउण्टर, १ सय ४२ वटा एटिएममार्फतआफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।