नेपाल इन्भेष्टमेण्ट बैंक र सिटी एक्सप्रेस फाइनान्सको एकिकृत कारोबार सुरु

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले सिटी एक्सप्रेस फाइनान्स कम्पनीसँग एकिकृत कारोबार सुरु गर्ने घोषणा गरेको छ । दुई कम्पनीको आइतबार माघ ११ गतेदेखि एकिकृत कारोबार सुरु हुने घोषणा भएको हो । उक्त संयुक्त कारोबार बैंकको घन्टाघर, बिर्तामोड र गाईघाटको ३ शाखाबाट सञ्चालन गरिने बैंकले जनाएको छ ।

यसरी सिटी एक्सप्रेस फाइनान्ससँग गरिएको एकिकृत कारोबारले ग्राहकहरुलाई थप राम्रो सेवा दिने विश्वास रहेको बैंकले जनाएको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले ८६ शाखा, १ सय २८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । 

५ पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकाशन-युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी-नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

प्रतिकृया दिनुहोस्