नेपाल इन्भेष्टमेन्ट बैंकले माघ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले माघ १६ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति ऋणपत्र १ हजार अंकित मूल्यका ४ अर्व बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्ने भएको हो । कुल ऋणपत्रमध्ये २ अर्व ४० करोड बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी रहेको १ अर्व ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो । ८.५ प्रतिशत व्याजदरको उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने भएको छ ।

ऋणपत्र विक्री बन्द हुने मिति छिटोमा माघ २० गते र ढिलोमा माघ ३० गतेसम्म रहेको छ । कम्पनीले निष्कासन गर्न लागेको उक्त ऋणपत्रलाई इक्रा नेपाले इक्राएनपी आईआर सिङ्गल ए रेटिङ प्रदान गरेको छ । ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्वा सेवामा सहभागिता बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

प्रतिकृया दिनुहोस्