नेपाल इन्भेष्टमेण्ट बैंकको ३४औं वार्षिक साधारणसभा सम्पन्न, १८.५ प्रतिशत लाभांश पारित

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको माघ ८ गते बिहीबार ३४औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त सभाले बैंकको प्रस्तावित १८.५ प्रतिशत लाभांश पारित गरेको छ । 

बैंकको ३४औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद गरी कूल १८.५ प्रतिशत लाभांश पाउने भएका छन् । साधारणसभाको अध्यक्षता बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले गरेका हुन् ।

बैंकले महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअल रुपमा सम्पन्न गरेको हो । सभामा आर्थिक वर्ष २०७६/७७ मा बैंकका प्रमुख उपलब्धी, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा पनि छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्