नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा माघ ८ गते हुने, यस्ता छन् मुख्य एजेण्डा

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको साधारणसभा हुने भएको छ । बैंकको माघ ८ गते बिहीवार ३४औं साधारणसभा हुने भएको हो । उक्त सभा बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा बिहान १० बजे हुने भएको हो । सभामा बैंकले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब, नगदको बारेमा छलफल गर्ने भएको छ ।

त्यस्तै सभाले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको १३ प्रतिशत बोनस सेयर र ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने भएको छ । बैंकले साधारणसभा प्रयोजनका लागि पुस २२ गते बुक क्लोज गरेको थियो । त्यसकारण पुस २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा उक्त लाभांश पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्