नेपाल राष्ट्र बैंकले १० अर्व रूपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले १० अर्व रूपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो । बैंकले ७ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (ङ) नामको ऋणपत्र बिक्री गर्न लागेको हो । उक्त ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने जनाएको छ ।

उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्ने भएका छन् । खरिदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्ने भएको छ । यो ऋणपत्र धितो राखी कर्जा लिन/दिन पाइने भएको छ । उक्त ऋणपत्रको बोलकबोल माघ १३ गते मंगलबार अपरान्ह २ बजेसम्म हुने भएको छ ।

माघ १४ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल माघ १४ गते भुक्तानी हुने भएको छ । ईच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागी हुन सक्ने भएका छन् । प्रतिस्पर्धी खरीदकर्तालाई निष्कासित रकमको ८५ प्रतिशत अर्थात् ८ अर्व ५ करोड रुपैयाँ र अप्रतिस्पर्धीका लागि १५ प्रतिशत अर्थात् १ अर्व ५ करोड रूपैयाँ छुट्याइएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्