नेपाल एसबिआई बैंकको वार्षिक साधारणसभाद्धारा प्रस्तावित ९.४७ प्रतिशत लाभांश पारित

Nepal SBI Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २८ गते सम्पन्न २७औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । बैंकको वार्षिक साधारणसभाले ९.४७ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत बोनस र ३.४७ प्रतिशत नगद गरी कूल ९.४७ प्रतिशत लाभांश पाउने भएका छन् ।

बैंकको २७औं वार्षिक साधारणसभा पुस २८ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले बैंकको आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको प्रतिवेदन, वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७७ को वासलात, आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरुसमेत पारित गरेको छ ।साधारणसभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि’ को आर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।

उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/७८मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्सएस.ए.आर. एसोयिसट्स्, चाटर्ड एकाउण्टेन्ट्स्लाई लेखापरीक्षकमा नियुक्तितथा निजको पारिश्रमिक अनुमोदन गरेको छ । साथै उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीका विविध दफा/नियममा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने वा प्राप्ती (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने सम्बन्धमा आवश्यक कामहरु गर्नगराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

प्रतिकृया दिनुहोस्