राष्ट्रिय वाणिज्य बैंकको आगामी माघ २८ गते वार्षिक साधारणसभा हुने, यस्ता छन् पारित हुने विषयहरु

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको आगामी माघ २८ गते आइतबार १५औं वार्षिक साधारणसभा हुने भएको हो । बैंकको उक्त दिन दिउँसो २ बजे केन्द्रीय कार्यालयको सभाहलमा भर्चुअल माध्यमबाट सभा हुने भएको छ । सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । 

बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २ प्रतिशत बोनस सेयर र कर सहित २.५० प्रतिशत नगद गरी ४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव राखेको थियो । कोभिड-१९ को जोखिमका कारण सभा भर्च्युअल माध्यमबाट हुने भएकाले बैंकले सेयरधनीलाई इमेलमार्फत मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने भएको छ ।

प्रतिकृया दिनुहोस्