मेगा बैंक र धादिङ्ग उद्योग वाणिज्य संघबीच सम्झौता, व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंकले बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटससँग सम्झौता गरेको छ । बैंकले विपन्न वर्ग, लघु, घरेलु, साना तथा मझौला उद्यमीहरुद्वारा सञ्चालित उद्यम तथा व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार बैंकले धादिङ्गका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ ।

उक्त सम्झौता पत्रमा मेगा बैंक, बेनीघाट रोराङ्ग गाउँपालिका, धादिङ्ग उद्योग वाणिज्य संघ र मेगा क्यापिटल मार्केटसको तर्फबाट हस्ताक्षर भएको हो । यो सम्झौतापश्चात् मेगा बैंकले रोराङ्ग गाउँपालिका, धादिङ्गका साना किसान, व्यवसायीका साथै व्यवसाय गर्न चाहने व्यक्तिहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ ।

उक्त कार्यक्रममा बेनिघाट रोराङ्ग गाउँपालिकाका अध्यक्ष, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेगा क्यापिटलका प्रमुख कार्यकारी अधिकृतले सेवाग्राहीलाई आ-आफ्नो पक्षबाट बेनिघाट रोराङ्ग गाउँपालिकाका उद्यमीहरुलाई सहुलियतपूर्ण व्याज अनुदान कर्जा सेवा प्रदान गर्ने सिलसिलामा भरपुर सहयोग र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उक्त कार्यक्रममा बैंकले गाउँपालिका तथा उद्योग वाणिज्य संघसँग आवद्ध साना किसान, लघु, घरेलु तथा साना उद्यमीहरुलाई प्राथमिकताका साथ बैंकको मलेखु, धादिङ स्थित शाखा कार्यालयबाट सहुलियतपूर्ण कर्जा सेवा उपलब्ध गराउने व्यहोरा बैंकका तर्फबाट विभागीय प्रमुख पुण्यप्रसाद खनियाले जानकारी गराएका छन् ।

प्रतिकृया दिनुहोस्