स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त

Standard Chartered Bank
  • बैंकिङ संसार
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको अध्यक्षमा जरिन दरुवाला नियुक्त भएका छन् । बैंकको पुस २४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष पदमा दरुवालालाई नियुक्त गरेको हो ।

बैठकले पुस २५ गतेदेखि लागू हुने गरी दरुवालालाई अध्यक्षमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त दरुवालाले पुस २५ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् । यसअघि बैंकको अध्यक्ष पदको कार्यभार जितेन्द्र अरोराले सम्हालेका थिए । उनको कार्याकाल सकिएपछि उक्त पदमा जरिन दरुवार्ला नियुक्त भएका हुन् ।

प्रतिकृया दिनुहोस्