यूनाईटेड इन्स्योरेन्स कम्पनीको २६औं वार्षिक साधारणसभा सम्पन्न, सेयर संरचना परिवर्तन गर्ने प्रस्ताव पारित

United Insurance
  • बैंकिङ संसार
काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २६औं साधारणसभा माघ ७ गते बुधबार वेविनारमार्फत होटल हिमालय कुपण्डोल ललितपुरमा सम्पन्न भएको हो ।

सभाले संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/०७६ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७६ साल आषाढ मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण तथा सोसंग सम्बन्धित अनुसूचिहरु पारित गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/०७७ का लागीबाह्य लेखा परिक्षक मदन निरौला एण्ड कं चार्टर्ड एकाउण्टेण्ट्लाई नियुक्त गरेको छ ।

सभाले कम्पनीको विशेष प्रस्ताव अन्तर्गतको कम्पनीको सेयर संरचना परिवर्तन गर्ने प्रस्तावलाई पारित गरेको छ । बीमा समितिको स्वीकृति बमोजिम संस्थापक समूह र सर्व-साधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गरी प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने निर्णय सभाले सर्वसहमतिले पारित गरेको हो ।

प्रतिकृया दिनुहोस्