बैंक अफ काठमाण्डूले ल्यायो ‘भ्यालेन्टाइन डे’ को अवसरमा गहना खरिदमा किस्ताबन्दी सेवा

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले ‘भ्यालेन्टाइन डे’ को अवसरमा गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहकहरुका लागि इएमआई सुविधा ल्याएको हो । बैंकले श्री बालाजी डाईमण्ड, बिशाल बजार र बालाजी डाईमण्ड एण्ड ज्वैलर्स, लबिम मलसँगको सहकार्यमा ग्राहकलाई गरगहना खरिदको लागि इएमआई सुविधा ल्याएको हो ।

यस इएमआई सुविधामा ग्राहकले ४० हजार देखी ५ लाखसम्मको गरगहना खरिद गर्न सक्ने भएका छन् । साथै यस योजनाबाट गरगहना खरिद गर्ने ग्राहकले १२ महिनासम्मको भुक्तानी अवधि छनौट गर्नुको साथै १२ महिनाको भुक्तानी अवधिमा ग्राहकलाई २ महिनाको किस्ता छुट हुने बैंकले जनाएको छ । बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्