सिभिल लघुवित्त वित्तीय संस्थाले बोलायो ९औं वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने विषयहरु

Civil Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो ९औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको फाल्गुन ६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले आगामी चैत ५ गते वार्षिक साधारणसभा बोलाएको हो । कमपनीको सभा बिहान ११ बजेबाट काठमार्डौको त्रिपुरेश्वरस्थित वोगनभिल्ला इभेन्ट्समा हुने भएको छ ।

सभाले गत आर्थिक वर्षका नाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गर्ने भएको छ । लाभांशमा ३.५ प्रतिशत बोनस सेयर र ०.१८ प्रतिशत नगद लाभांश (बोनस सेयर कर प्रयोजनार्थ) रहेको छ । कम्पनीले सभा र लाभांश प्रयोजनका लागि फागुन २० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण फागुन १९ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा सहभागी हुन र लाभांश पाउने भएका छन् ।

प्रतिकृया दिनुहोस्