डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको २३ हजार ५ सय कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुल्ला

Deprosc Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला भएको छ । कम्पनीले संस्थापक समूहको २३ हजार ५ सय कित्ता फागुन ५ गते बुधबारबाट बिक्री खुल्ला गरेको हो । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय एक रूपैयाँमा तोकिएको छ । त्यसैले लगानीकर्ताले सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्ने भएको छ ।

उक्त सेयरहरू खरिद गर्न इच्छुक संस्थापकहरू वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरूले बुधबारदेखि फागुन २३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने भएका छन् । आवेदन दिँदा न्यूनतम १ हजार कित्ता र अधिकतम सबै कित्ताको लागि आवेदन दिन सकिने भएको छ । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिकृया दिनुहोस्