ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्झौता, हवाई टिकट किन्दा विशेष छुट पाइने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्झौत भएको छ । बैंक र कतार एयरवेजबीच बैंकका ग्राहकलाई हवाई टिकट किन्दा छुट प्रदान गर्ने सम्बन्धमा उक्त सम्झौता भएको हो । ग्लोबल आइएमई बैंक तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र कतार एयरवेजका तर्फबाट कन्ट्रि म्यानेजर मोहमद इल एमामले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका कर्मचारी एवम् डेबिट कार्ड/क्रेडिट कार्ड/प्रिभिलेज कार्डबाहक ग्राहकहरुले अनलाइन बुकिङ्गमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

बैंकले हालसम्म २ सय ७० शाखा, २ सय ४२ एटीएम, २ सय ४५ शाखारहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी करिब ८सय सेवा केन्द्रबाट २२ लाखभन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । यस्तैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्तअधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पनि पुर्याउँदै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्